kumari
stcnepal

भारत सगँ हार्यो नेपाल, फाइनलमा प्रवेश लागि काजाकस्तानसँग खेल्ने

काठमाडौं । काभा वुमेन्स च्यालेञ्ज कप भलिबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल टिम भारतसँग ३–१ को सेटमा पराजित भएको छ ।

दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका कारण यो खेलको नतिजाले समूह ए को विजेताको टुंगो लगाएको छ । नेपालले फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा काजाकस्तानसँग खेल्नुपर्ने भएको छ । नेपाल र काजाकस्तानबीचको खेल शुक्रबार हुने छ ।

बुधबारै भएको समूह बी अन्तर्गत अन्तिम खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएर काजाकस्तान समूह विजेता बनेको थियो ।

footer