kumari
stcnepal

बयानमा पोलिएका व्यक्तिहरुलाई किन सोधपुछ गरियन ?

 

काठमाडौ । मुलुक यतिबेला भ्रष्टाचारको जालोमा बेरिएको छ जताततै भ्रष्टाचार र ठगीको काण्डहरु बढिरहेका छन् । नक्कली भुटानी शरणार्थी काण्डले राजनीतिक दलहरु तरंगित भएका छन् ।
नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न भएकाहरुले हामीले फलाना फलानालाई पैसा बुझायौँ भनि प्रहरीलाई बयान दिएका भएपनि उनीहरुले पोलेका केही व्यक्तिहरुलाई प्रहरीले सोधुपछ सम्म गर्नसकेको देखिएन किन ?
गृहमन्त्री नारायणकाजी श्रेष्ठ यस प्रकरणमा जोडिएका जो सुकै भएपनि उनीहरुमाथि निष्पक्ष रुपले छानविन हुन्छ भनिरहेका छन् । तर आरजु देउवा र मञ्जु खाँणलाई प्रहरीले सामान्य सोधपुछ सम्म गरेन । प्रहरीलाई बयान दिँदा सानु भण्डारी लगायतले देउवा र खाँणलाई रकम दिएको बताएका थिए ।
आरजु देउवाले सार्वभौम अधिकार नभएका केही मिडियामा पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदा अपमान नहुने, मौलिक हक हुनन नहुने, मानव अधिकार हनन नहुने, इज्जत र प्रतिष्ठामा धक्का नलाग्ने तर नेपाली जनताको सार्वभौमसत्ताको प्रयोग गरेर कानुन बमोजिम अनुसन्धानकर्ताले चाहेका कुरा सोधपुछ गर्न बोलाउन नहुने बयान दिन नहुने किन ? के उनीहरु कानुन भन्दा माथि रहेकी छन् र ? सांसद समेत रहेका आरजु र खाँणका बारेमा अब जनताले के सोँच्ने ? देश मानव तस्करीको कारणले बद्नाम भएको छ ।
उच्च पदमा रहेकै व्यक्तिहरुले नेपाली नागरिकलाई अनागरिक बनाएर अमेरिका पठाउने सपना देखाउँदै सोझा साझा नेपाली जनताबाट रकम असुल उपर गर्नु अपराध मात्र नभएर महाअपराध र राष्ट्रघाती एवं देशद्रोही कार्य हो ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष तथा संसदमा प्रमुख विपक्षी दलका नेता केपी ओलीले जेष्ठ ७ गते संसदको रोष्टममा उभिएर आफूले कुनै गल्ती नगरेको र आफू प्रधानमन्त्री रहेका बेला तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलले भुटानी शरणार्थीहरु केही छुट भएका र उनीहरुको समस्या समाधान गर्न बालकृष्ण पन्थीको संयोजकत्वमा समिति बनाएको रहेछ र समितिले दिएको प्रतिवेदन मन्त्रिपरिषद्मा आएको भएपनि आफूले हेर्न नभ्याएको भन्दै आफूले गल्ती नगरेको बताउँदै त्यसको छानविन गर्न सरकारसँग पटक पटक आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले उक्त प्रकरणमा संलग्न भएकाहरुलाई कानुनी कारबाही गर्न सरकार डराउनु हुँदैन । दोषी कोही नछुटुन् निर्दोष कोही नफसुन् भनेका छन् । पछिल्लो अवस्था हेर्दा सरकार भने कोही निर्दोष व्यक्तिलाई फसाउन चाहिरहेका आरोप अध्यक्ष ओलीले लगाएका छन् । हामी भन्दछौँ राजनीतिक आस्थाको आधारमा निरपराधीहरुलाई फसाइनु हुँदैन ।
भ्रष्टाचारीहरुको कुनै धर्म र देश नहुने भएकाले यस प्रकरणमा संलग्न भएका जोसुकै हुन् उनीहरु उच्च पदमा बसेकै किन नहुन् उनीहरुमाथि कडा कारबाही हुनै पर्दछ । आरजु देउवा र मञ्जु खाँणका अडियो नै सार्वजनिक भएकाले गर्दा त्यो अडियोको बारेमा समेत प्रहरीले प्रष्ट पार्न सक्नुपर्दछ । अडियोको वास्तविकता के हो ?

footer