kumari
stcnepal

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देश बाहिर जान प्रतिबन्ध

पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसहित उनकी पत्नीलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको छ ।

तहरिक–ए इन्साफ पार्टीका अध्यक्ष समेत रहेका खान र उनकी पत्नी बुशरा बीबी सहित पीटीआइका ८० जना नेताहरुलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको हो ।

पाकिस्तान सरकारले खान सहित ६ सय जनालाई नो फ्लाई लिस्टमा समावेश गर्दै सूचना जारी गरेको हो । खान माथि आतंकवाद ऐन अन्तर्गत १४० वटा मुद्दा लगाइएको छ ।

footer