kumari
stcnepal

९ जिल्लामा आज देखी दादुरा बिरूद्धको खोप अभियान सुरू हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ जिल्लाका बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाउन सुरु गरेको छ ।स्वास्थ्य सेवा विभागले आजदेखि सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरामा ६ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने भएको हो ।

देशका विभिन्न जिल्लामा दादुरा महामारी देखिएको र महामारी अन्य जिल्लामा फैलिन सक्ने जोखिम रहेकोले बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप दिइन थालिएको हो । यसअघि नेपालमा १३ जिल्लामा दादुरा रुवेला रोगको संक्रमण देखिएको थियो ।

दादुरा रुवेलारोग कोरोना भाइरस भन्दा पनि तीव्र गतिले फैलिने र मृत्युदर पनि उच्च रहेको छ । एकजना दादुरा संक्रमितले १८ जनासम्म रोग सार्न सक्छ । मन्त्रालायले यसअघि जतिपटक खोप लगाए पनि अभियानका क्रममा नजिकैको स्वास्थ्य संस्थामा गइ आफ्ना बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ ।

footer