kumari
stcnepal

नेपालले पाकिस्तान विरुद्ध जित सहित प्रतियोगिता सकायो

बैंगलुरु । आशिष चौधरीले डेब्यु गोल गरेपछि नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई मंगलबार १-० ले पराजित गरेको छ ।

सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तान विरुद्ध जित सहित प्रतियोगिता सकाएको छ । बैंगलुरु स्थित श्री कान्तिराव स्टेडियममा भएको खेलमा नेपाललाई सान्त्वना जित दिलाउन आशिषले ८०औं मिनेटमा गोल गरे ।

footer