kumari
stcnepal

सीसी यू-१६ इष्ट जोन कप क्रिकेटमा थाइल्याण्डमाथि नेपालको सहज जित

काठमाडौं । एसीसी यू–१६ इष्ट जोन कप क्रिकेटमा नेपालले थाइल्याण्ड माथि २२५ रनको विशाल जित हात पारेको छ । नेपाललाई जिताउन ब्याटिङतर्फ निरजकुमार यादव तथा नरेन भट्ट र बलिङतर्फ सन्तोष यादवले उत्कृष्ट प्रदर्शन गरे ।

पहिला ब्याटिङ गरेको नेपालका लागि ३५ ओभरमा २६९ रन बनाउने क्रममा ओपनर निरजकुमार यादवले सूर्यान्शु कोइराला सँग ११० रनको साझेदारी गरेका थिए । निरज ४३ बलमा ७४ रन बनाउँदै आउट भए भने सूर्यान्शु ४० रनमा पभेलियन फर्के । नरेन भट्टले ४३ बलमा ५५ रन बनाए । यस्तै सन्तोष यादवले ४२ रनको योगदान गरे ।

जितका लागि २७० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड नेपाली बलरका सामु टिक्नै सकेन । थाइल्याण्ड १३.२ ओभरमा ४४ रनमा अल आउट भयो । नेपालका सन्तोष यादवले ३.२ ओभर मात्र बलिङ गरेर ५ विकेट लिए । अशोक धामीले ३ तथा अभिषेक तिवारीले २ विकेट हात पारे ।

footer