kumari
stcnepal

सीसी यू-१६ इस्ट जोन कप क्रिकेट : मलेसियालाई पराजित गर्दै समूह विजेता

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा अशोक धामीको अलराउन्ड प्रदर्शनमा नेपालले मलेसियालाई ८४ रनले पराजित गरेको छ । ब्याटिङतर्फ ५२ रन बनाएका धामीले बलिङतर्फ ४ विकेट लिए ।

समूह चरणको अन्तिम खेलमा मलेसियालाई पराजित गरेसँगै नेपाल समूह ए को विजेता बनेर सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २२५ रनको फराकिलो अन्तरले हराएको थियो । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३३.४ ओभरमा १८३ रनमा अल आउट भएको थियो । ९१–७ को कमजोर अवस्थामा पुगेको नेपाललाई फर्काउन अशोक र नरेन भट्टले आठौं विकेटका लागि ४५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

धामीले ३६ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रन बनाए । नरेन भट्ट ४३ बलमा १ चौकासहित २९ रनमा आउट भए । नवौं विकेटका लागि अशोकले कृतिक कामतसँग ३९ रनको साझेदारी गरेका थिए । कामत १७ बलमा १ चौका सहित १६ रनमा आउट भए ।

footer