kumari
stcnepal

बिहीबार देखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आयो

काठमाडौँ । बिहीबार देखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । पहिरो खसेर बिहीबार देखि अवरुद्ध नारायणगढ-मुग्लिङ सडक खण्ड २८ घण्टा पछि सञ्चालनमा आएको हो।

पहिरो पन्छाएसँगै शुक्रबार साँझ ५ बजेदेखि दुईतर्फी रूपमा सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । नारायणगढ-मुग्लिङ सडक खण्डको ३ नम्बर पुल नजिकै बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध हुँदा सवारी आवतजावत बन्द भएको थियो ।सडकको माथिल्लो भागबाट निरन्तर पहिरो झर्ने क्रम भने यथावत् रहेकाले यात्रा गर्दा सचेत रहनुपर्ने प्रहरीको भनाई छ ।

 

footer