kumari
stcnepal

तिनाउ नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बुटवल । अविरल वर्षाका कारण तिनाउ नदीमा जल सतहले सतर्कता तह पार गर्ने चेतावनी दिइएको छ । बाढी मापन केन्द्र बुटवलले सूचना जारी गर्दै तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भइ तटीय क्षेत्रमा बाढीको जोखिम बढेको उल्लेख गरेको छ ।

नदीमा पानीको सतह ५.६ (एम) खतराको तह भएकोमा ७.२२ (एम) सतहमा पुगेको सूचनामा उल्लेख छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा बसोबास गर्नेहरूलाई दिउँसो तीन बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

footer