kumari
stcnepal

नेपाललाई एक सय ८२ रनको लक्ष्य

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आइतबार भएको खेलमा संयुक्त अबर इमिरेट्स (यूएई) ले नेपाललाई एक सय ८२ रनको लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको यूएईले ४६.५ ओभरमा अलआउट हुनुअघि एक सय ८१ रन मात्र बनाउन सक्यो ।

यूएईलाई ठूलो योगफल तयार पार्नबाट रोक्न नेपाली स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिए । करण केसीले पनि तीन विकेट हात पारे । प्रतिस जीसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले पनि एक—एक विकेट लिए ।

सन्दीपले १० ओभर बलिङ गर्दै तीन मेडन सहित केवल २३ रन खर्चिएका थिए । करणले ८.५ ओभरमा ३६ रन खर्चिए । प्रतिसले १० ओभरमा ३९, गुल्सनले ६ ओभरमा ३२ र दीपेन्द्रले पाँच ओभरमा एक मेडनसहित १४ रन खर्चिएका थिए ।

footer