kumari
stcnepal

नेपालको यूएई माथि ३ विकेटको रोमाञ्चक जीत

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीको शानदार ब्याटिङ र सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनको मद्दतले आईसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तरगत सातौँ स्थानको प्लेअफ सेमिफाइनलमा नेपालले यूएई माथि ३ विकेटको रोमाञ्चक जीत हासिल गरेको छ । प्लेयर अफ द म्याच चुनिएका दीपेन्द्रले ८५ बलको सामना गर्दै ७ चौका र दुई छक्का हिर्काए ।

यूएईले प्रस्तुत गरेको १ सय ८२ रनेको लक्ष्य नेपालले ४३.२ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो ।

 

 

 

footer