kumari
stcnepal

कस्तो होला आजको मौसम ?

काठमाडौं । देशका विभिन्न भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षा हुने क्षेत्रमा जनजीवन प्रभावित हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायत क्षेत्र प्रभावित हुने महाशाखाको भनाइ छ । हावाहुरी भारी वर्षा, मेघगर्जन तथा चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

footer