kumari
stcnepal

भारतीय प्रधानमन्त्री मोदी विरुद्ध लोक सभामा दर्ता भएको अविश्वास प्रस्ताव विफल

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध लोक सभामा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ ।

मणिपुर हिंसाको विषयलाई लिएर विपक्षी गठबन्धनले मोदी विरुद्ध अविश्वास प्रस्ताव ल्याएको थियो । त्यसको पक्ष र विपक्षमा तीन दिनसम्म बहस भएको थियो । त्यसपछि हिजो  बिहीबार ध्वनी मतले विश्वास प्रस्ताव अस्वीकृत भयो ।

लोक सभाका सभामुख ओम बिरलाले हिजो बिहीबार बेलुका मोदी विरुद्धको अविश्वास प्रस्ताव ध्वनी मतबाट अस्वीकृत भएको जानकारी गराएका थिए । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री मोदीले मणिपुरमा शान्ति कायम गरेरै छाड्ने बताएका थिए ।

footer