kumari
stcnepal

ब्रेक सुमा छुट्याएर गालिएको सुन तौल गर्दा ६० केजी ७१६ ग्राम

काठमाडौं । तस्करी गरेर ल्याइएको सुन मोटरसाइकलको ‘ब्रेक सु’ मा छुट्याएर गालिएको सुन तौल गर्दा ६० केजी ७१६ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गालेर सुन जोखिएको थियो । टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्रेक सुबाट छुट्याएर जोख्दा ६० केजी ७१६ ग्राम परिमाण पाइएको बताए ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गालिसकेपछि सुन जोखिएको हो । अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले बताए । भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक सु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो । सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई सुम्पिएको छ ।

footer