kumari
stcnepal

भक्तपुरको सानोठिमी स्थित बालसुधार गृहबाट २ सय २१ जना नाबालक बन्दीहरु भागे

काठमाडौँ । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट २ सय २१ जना नाबालक बन्दीहरु भागेपछि सो क्षेत्रमा दुईजना एसएसपीको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ । बाल सुधार गृहमा थुनामा रहेका १८ वर्षीय कमल बस्नेतको मृत्युको विषयमा झडप हुँदा नाबालक बन्दी भागेका हुन् ।

घटनास्थलमा उपत्यका प्रहरी कार्यालयमा कार्यरत एसएसपीहरु दिनेशराज मैनाली र ओम रानाको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ । उपत्यका प्रहरी कार्यालयबाट दुई जना एसएसपी र एक जना एसपी सहितको टिम घटनास्थलमा पठाएको उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणी आचार्यले  बताए ।

फरार भएका २२१ जना जना नाबालक बन्दीको खोजी भइरहेको डीआईजी आचार्यले जानकारी दिए । उनले भने–‘ललितपुर र भक्तपुरबाट थप प्रहरी परिचालन गरिएको छ, फरार नाबालक बन्दीहरुको खोजी हुँदै छ ।’

footer