kumari
stcnepal

सानोठिमी स्थित बाल सुधार गृहबाट भागेका मध्ये ८७ कैदीबन्दी काठमाडौं बाट पक्राउ

काठमाडौं । सानोठिमी स्थित बाल सुधार गृहबाट भागेका मध्ये ८७ कैदीबन्दी काठमाडौं बाट पक्राउ परेका छन् ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीका अनुसार, भागेर काठमाडौं पुगेका ८७ जनालाई पक्राउ गरिएको छ । सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए ।

यस अनुसार अझै १२९ जना फरार रहेको देखिएको छ । उनीहरुको खोजीका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले  भने, ‘उनीहरुको खोजीका लागि तीन वटै जिल्लाका प्रहरी परिचालित भएका छन् ।’

footer