kumari
stcnepal

नेपाल प्रहरीका ५ जना एसएसपीको सरूवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीका ५ जना एसएसपीहरूको सरुवा भएको छ । काठमाडौं प्रहरी परिसरमा भूपेन्द्र खत्री सरुवा भएका छन् । दानबहादुर कार्कीलाई काठमाडौंबाट प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।

त्यस्तै अपराध अनुसन्धानको प्रमुखमा सोमेन्द्रसिंह राठौर सरुवा भएका छन् भने मनोज केसीलाई त्यहाँबाट महिला बालवालिका निर्देशनालयमा सरुवा गरिएको छ । निर्देशनालयका सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा सरुवा गरिएको छ । लतलिपुरका सिद्धीविक्रम शाह र सीआईबीको दिनेश आचार्यको भने यसपटक सरुवा भएको छैन । यसअघि सरकारले ६ जना एआईजीपीको सरुवा गरेको थियो ।

footer