kumari
stcnepal

आलमको मुद्धा आज पनि स्थगित

काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली काग्रेसका नेता मोहम्मद अफताप आलमको मुद्धाको पेश्की आजका लागि तोकिएको भएपनि महान्यायाधिवक्ताको कार्यालयको माग वमोजिम सुनुवाई स्थगित भएको छ ।

विस्फोट पदार्थ वम समेत प्रयोग गरी ज्यान मार्ने उद्योग समवन्धी मुद्धाका सम्वन्धमा हिरासतमा रहेका आलमले जमानतमा रिहा हुनका लागि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

आज शुक्रवार न्यायाधिस डा.आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको सयुक्त इजालसमा उक्त रिटको सुनुवाईका लागि पेशी तोकिएको थियो । आलमको मुद्धा पटक पटक सर्दै आएको छ । आलम रौतहट जिल्लावाट प्रत्यक्ष निर्वाचित सासद समेत रहेका छन् । उनी २०७६ साल असोज २६ गते पक्राउ परेका थिए ।

आलमलाई जिल्ला अदालत र उच्च अदालतले हिरासतमै राखेर मुद्धाको प्रकृया अघि वढाउने आदेश दिएका थिए । तल्लोे अदालतको आदेश विरुद्ध आलमले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

footer