भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आलमको मुद्धा आज पनि स्थगित

975
shares

काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली काग्रेसका नेता मोहम्मद अफताप आलमको मुद्धाको पेश्की आजका लागि तोकिएको भएपनि महान्यायाधिवक्ताको कार्यालयको माग वमोजिम सुनुवाई स्थगित भएको छ ।

विस्फोट पदार्थ वम समेत प्रयोग गरी ज्यान मार्ने उद्योग समवन्धी मुद्धाका सम्वन्धमा हिरासतमा रहेका आलमले जमानतमा रिहा हुनका लागि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

आज शुक्रवार न्यायाधिस डा.आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको सयुक्त इजालसमा उक्त रिटको सुनुवाईका लागि पेशी तोकिएको थियो । आलमको मुद्धा पटक पटक सर्दै आएको छ । आलम रौतहट जिल्लावाट प्रत्यक्ष निर्वाचित सासद समेत रहेका छन् । उनी २०७६ साल असोज २६ गते पक्राउ परेका थिए ।

आलमलाई जिल्ला अदालत र उच्च अदालतले हिरासतमै राखेर मुद्धाको प्रकृया अघि वढाउने आदेश दिएका थिए । तल्लोे अदालतको आदेश विरुद्ध आलमले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports