kumari
stcnepal

भारतले सूर्यको अध्ययनका लागि पहिलो मिसन पठायो

काठमाडौं । भारतले सूर्यको अध्ययनका लागि आफ्नो पहिलो मिसन पठाएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो)ले आदित्य एल–१ नामको मिसन श्रीहरिकोटा स्पेस स्टेसनबाट बिहान ११ः५० बजे प्रक्षेपण गरेको हो ।

आदित्य एल–१ केहि घण्टामै पृथ्वीको कक्षमा पुग्ने इसरोले जनाएको छ । चन्द्रयान-३ को चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरणपछि भारतले सूर्यको अध्ययनका लागि प्रक्षेपण गर्दै इतिहास रचेको छ ।

footer