kumari
stcnepal

प्रधानन्यायाधिश राणामाथि राजिनामा दिन चौतर्फी दबाब

 

काठमाडौ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणालाई राजिनामा दिन चौतर्फी दबाब बढेको छ ।
पूर्व न्यायाधिश फोरमका अध्यक्ष पूर्व न्यायाधिश टोपबहादुर सिंहले आज एक वक्तव्य प्रकाशित गर्दै न्यायलयको अस्तित्व र न्यायको रक्षा गर्न प्रधानन्यायाधिशले निकास दिनु पर्ने उल्लेख गरेका छन ।
यदि राजिनामा नदिएको खण्मा संसदले आफ्नो भूमिका खेल्नुपर्ने बताउँदै घुमाउरो भाषामा प्रधानन्यायाधिशलाई महाअभियोग लगाउनुपर्ने वक्तव्यमा उल्लेख गरेका छन् ।
यहि कार्तिक ३ गतेमात्र माओवादी केन्द्रका अध्यक्ष र प्रधानन्यायाधिशबीचमा मध्यरातमा गोप्य भेटघाट भएको थियो ।
सत्ताधारी दलका नेताले यसरी मध्यरातमा प्रधानन्यायाधिशलाई भेट्नुको रहस्य अदालतमा सत्ताधारी दलका नेताहरुका मुद्दा र चर्चित ललितानिवास जग्गा काण्डमा माधव नेपाल र बाबुराम भट्टराई विरुद्धको मुद्दाको सुनुवाई यही १५ गते हुँदैछ ।
त्यही मुद्दा र अन्य केही मुद्दालाई प्रभावित पार्ने उदेश्यले प्रधानन्यायाधिश र अध्यक्ष दाहालबीच भेट भएको आंकलन गरिएको छ ।
यसरी पाँच दलीय गठबन्धनले न्यायालयलाई नै प्रभावित पारी आफ्नो स्वार्थ पूरा गर्ने प्रयास गरेपछि प्रधानन्यायाधिश राणाले सरकारमा कोटा खोजेको प्रष्ट हुँदै गएको छ ।

footer