विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानन्यायाधिश राणामाथि राजिनामा दिन चौतर्फी दबाब

585
shares

 

काठमाडौ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणालाई राजिनामा दिन चौतर्फी दबाब बढेको छ ।
पूर्व न्यायाधिश फोरमका अध्यक्ष पूर्व न्यायाधिश टोपबहादुर सिंहले आज एक वक्तव्य प्रकाशित गर्दै न्यायलयको अस्तित्व र न्यायको रक्षा गर्न प्रधानन्यायाधिशले निकास दिनु पर्ने उल्लेख गरेका छन ।
यदि राजिनामा नदिएको खण्मा संसदले आफ्नो भूमिका खेल्नुपर्ने बताउँदै घुमाउरो भाषामा प्रधानन्यायाधिशलाई महाअभियोग लगाउनुपर्ने वक्तव्यमा उल्लेख गरेका छन् ।
यहि कार्तिक ३ गतेमात्र माओवादी केन्द्रका अध्यक्ष र प्रधानन्यायाधिशबीचमा मध्यरातमा गोप्य भेटघाट भएको थियो ।
सत्ताधारी दलका नेताले यसरी मध्यरातमा प्रधानन्यायाधिशलाई भेट्नुको रहस्य अदालतमा सत्ताधारी दलका नेताहरुका मुद्दा र चर्चित ललितानिवास जग्गा काण्डमा माधव नेपाल र बाबुराम भट्टराई विरुद्धको मुद्दाको सुनुवाई यही १५ गते हुँदैछ ।
त्यही मुद्दा र अन्य केही मुद्दालाई प्रभावित पार्ने उदेश्यले प्रधानन्यायाधिश र अध्यक्ष दाहालबीच भेट भएको आंकलन गरिएको छ ।
यसरी पाँच दलीय गठबन्धनले न्यायालयलाई नै प्रभावित पारी आफ्नो स्वार्थ पूरा गर्ने प्रयास गरेपछि प्रधानन्यायाधिश राणाले सरकारमा कोटा खोजेको प्रष्ट हुँदै गएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports