kumari
stcnepal

नेपालमा डेंगी संक्रमितको सङ्ख्या साढे २४ हजार बढी नाघ्यो

काठमाडौँ । नेपालमा डेंगी संक्रमितको सङ्ख्या साढे २४ हजार बढी नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार २४ हजार १२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो

साढे सात महिनाको अवधिमा संक्रमितमध्ये १४ जनाको मृत्यु भएको छ भने डेंगु संक्रमण ७५ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । संक्रमण देखिएका जिल्लाहरूमध्ये सबैभन्दा धेरै संक्रमित सुनसरी जिल्लामा पुष्टि भएको छ । सुनसरीमा १३ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । दोस्रो मोरङ जिल्लामा बढी संक्रमित देखिएका छन् । मोरङमा २ दुई हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै धादिङमा २ हजार १९७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, क्रमशः १ हजार ३६२ झापा, ४५२ काठमाडौं, ३७३ धनकुटा, ३३४ सङ्खुवासभा, ३३१ धनुसा, २७० कास्की र २४२ जना कैलालीमा संक्रमित रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ ।

footer