kumari
stcnepal

आज नेपाल भरका आकस्मिक बाहेकका सबै अस्पतालका सेवा बन्द हुने

नेपाल चिकित्सक संघले आज (आइतबार) देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गर्ने भएको छ । मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सक माथि आक्रमण गरिएको विरोधमा संघले आज आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको हो ।

‘नेपाल चिकित्सक संघबाट मिति २०८० भाद्र २७ गते ७२ घण्टाको अल्टिमेटम दिई दोषीहरूलाई कानूनी कारवाही गर्न माग गरिएको थियो । सो घटनाका सम्बन्धमा नेपाल सरकारले सम्पूर्ण दोषीहरूलाई कानूनी दायरामा नल्याएको हुनाले नेपाल चिकित्सक संघ बाध्यताबस मिति २०८० भाद्र ३१ गते देखि आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य भएको जानकारी गराइन्छ’, संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यही भदौ २७ गते डा. थापा र डा. विडारी माथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण भएको थियो । गत बुधबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर थापा तथा बिडारीलाई कुटपिट गरिएको थियो । डेङ्गु रोगबाट सङ्क्रमित बिरामीको उपचारमा लापरवाही गरेको भन्दै उनका आफन्तले दुई चिकित्सक माथि हातपात तथा कुटपिट गरेका थिए ।

footer