kumari
stcnepal

भारत भ्रमण गर्दा अत्यधिक सावधानी अपनाउन आफ्ना नागरिकहरुलाई क्यानडाको आग्रह

काठमाडौं । क्यानडाले भारत भ्रमण गर्दा अत्यधिक सावधानी अपनाउन आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ । भारत सँग तनाव बढिरहेका बेला ट्राभल एडभाइजरी जारी गर्दै क्यानडाले अप्रत्याशित सुरक्षा स्थितिका कारण भ्रमणमा सावधानी अपनाउन भनेको हो ।

मंगलबार जारी ट्राभल एडभाइजरीमा लेखिएको छ, ‘जम्मु कश्मिरमा आतंकवाद, उग्रवाद, अशान्ति र अपहरणको खतरा छ ।’ भारतका गुजरात, पन्जाब, राजस्थान र पाकिस्ता नसँग सिमाना जोडिएका क्षेत्रमा नजान पनि क्यानडाले आफ्ना नागरिकहरुलाई भनेको छ ।

गत सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय एजेन्टले गत जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको अभिव्यक्ति दिएपछि दुई देश बीच तनाव बढेको छ । क्यानडाले यही आरोपमा भारतका एक जना कूटनीतिज्ञलाई देश निकाला गरेको छ भने भारतले पनि क्यानडाका एक कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दिएको छ ।

footer