kumari
stcnepal

स्वास्थ्यकर्मीको सुरक्षाका लागि अस्पतालमा हतियार सहितका ६-७ जना सुरक्षाकर्मी राखिने

काठमाडौं । सरकारले स्वास्थ्यकर्मीको सुरक्षामा असुरक्षित ठानिएका अस्पतालमा हतियार सहितका सुरक्षाकर्मी राख्ने निर्णय गरेको छ । बिहीबार गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको छलफलले असुरक्षित ठानिएका अस्पतालमा ६ देखि ७ जनासम्म हतियार सहितका सुरक्षाकर्मी राख्ने निर्णय गरेको हो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले असुरक्षित ठानिएका अस्पतालहरूमा ६ देखि ७ जना सम्म हतियार सहित सुरक्षाकर्मी राख्ने निर्णय भएको जानकारी गराएका हुन् । समितिको बैठकमा गृहसचिव दिनेश भट्टराईले पछिल्लो समय चिकित्सकहरू माथि भएको घटना र कारबाहीबारे जानकारी गराएका छन् । पछिललो समय देशका विभिन्न ठाउँमा रहेका अस्पतालमा चिकित्सकहरु माथि आक्रमण हुने क्रम बढ्दो छ ।

footer