kumari
stcnepal

प्रधानसेनापति महारथी प्रभुराम शर्मा भारत भ्रमणमा जाने

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् ।

भारतका सेनाध्यक्ष एम एम नरवणेको औपचारिक निमन्त्रणामा सेनापति शर्मा कात्तिक २३ गते भारत भ्रमणमा जाने भएका हुन् ।

भ्रमणको क्रममा उनलाई भारतका महामहिम राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्नु हुने कार्यक्रम रहेको छ ।

साथैै, उनले यसै अवसरमा आफ्ना समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका विभिन्न व्यक्तित्वहरुसँग भेट गर्नेछन् । भ्रमण कार्यक्रम कात्तिक २३ देखि २६ गतेसम्मको रहेको रक्षा मन्त्रालयले जनाएको छ ।

 

footer