kumari
stcnepal

आईसीसी विश्वकप : दक्षिण अफ्रिकाले इङल्यान्डलाई दियो ४०० रनको बिशाल लक्ष्य

वांखडे । हेनरिच क्लासेनले विस्फोटक व्याटिङको नमुना प्रस्तुत गर्दा दक्षिण अफ्रिकाले आईसीसी एकदिवसीय विश्वकपमा इंग्ल्याण्डसामु जीतका लागि ४ सय रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ९९ रन बनाएको हो ।

अन्तिम ओभरमा गस एट्किन्सनको बलमा बोल्ड हुन अघि क्लासेनले मात्र ६७ बलमा १ सय ९ रनको शानदार पाली खेले । उनले यसक्रममा १२ चौका र ४ छक्का हिर्काए । दक्षिण अफ्रिकाको सुरुवात भने राम्रो हुन सकेको थिएन । ओपनर क्वीनटन डी कक पहिलो ओभरमा नै आउट भएका थिए । तर त्यसपछि रेजा हेनड्रिक्स र रासी भान डेर डुसेनले शतकीय साझेदारी गर्दै दक्षिण अफ्रिकाको पारी सम्हाले । हेनड्रिक्सले ७५ बलमा ९ चौका र ३ छक्का हिर्काउँदै ८५ रन बनाए भने डुसेनले ६१ बलमा ६० रनको योगदान दिए ।

त्यस्तै, कप्तान एइडन मारक्रमले ४२ रन बनाउँदा मार्को यानसेनले ७५ रनको महत्त्वपूर्ण पारी खेले । इंग्ल्याण्डका लागि रिस टोप्लेले ३ तथा गस एट्किन्सन र अदिल रसिदले २–२ विकेट लिए ।

footer