kumari
stcnepal

भारत सामु २ सय ७४ रनको लक्ष्य प्रस्तुत

धर्मशाला । मोहम्मद शामीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि न्युजिल्याण्डले भारत सामु २ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको हो ।

शामीले १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिए भने कूलदीप यादवले २ तथा जसप्रित बुमराह र मोहम्मद सिराजले १–१ विकेट लिए । न्युजिल्याण्डका लागि डेरल मिचेलले सर्वाधिक १ सय ३० रन बनाए भने रचिन रवीन्द्रले ७५ रनको योगदान दिए । ग्लेन फिलिप्सले २३ रन बनाउँदा विल यङले १७ रन बनाए ।

footer