kumari
stcnepal

एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा युएई बिरूद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा युएई विरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ । मलेसियाको बायोमास ओभलमा हुन लागेको खेलमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् ।

पहिलो सेमिफाइनलमा डकवर्थ लेविस पद्धतिको आधारमा जापानलाई १ सय ४३ रनले हराउँदै नेपाल र दोस्रो सेमिफाइनल खेलमा डवकर्थ लेविस पद्धतिको आधारमा सिंगापुरलाई १० विकेटले हराउँदै यूएई फाइनल प्रवेश गरेको थियो ।

पालको प्लेइङ ११ : देव खनाल (कप्तान), अर्जुन कुमाल, दीपक बोहरा, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, विशाल विक्रम केसी, सुवास भण्डारी, उत्तम थापामगर, हेमन्त धामी, आकाश चन्द र दीपेक कँडेल ।

footer