kumari
stcnepal

आईसीसी टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले ओमन विरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले ओमन विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर यो निर्णय लिएको हो ।

खेल बिहान ११ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुनेछ । फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराएको थियो ।

यस प्रतियोगितामा नेपाल र ओमान समूह चरणको खेलमा आमनेसामने भइसकेका छन् । समूह ए अन्तरगत भएको रोमाञ्चक खेलमा ओमानले नेपाललाई ५ रनले हराएको थियो । आजको खेलमा नेपालसँग उक्त हारको बदला लिने अवसर रहेको छ ।

 

footer