kumari
stcnepal

देउवा भारत जाने तर मोदी पहिले नेपाल आउने

 

काठमाडौं । स्कटलेण्डमा भेटवार्तापछि प्रम शेरबहादुर देउवा अरु हौसिएका छन् । प्रम देउवा भारत जाने निधो भइसकेको छ । तर देउवाभन्दा मोदी ३ कदम अघि छन्, उनले बिग्रिएको सम्बन्ध सुधार्न देउवा भारत जानुअघि नै नेपाल आउने तयारी सुरु भएको भारतीय दूतावासको होमवर्कबाट थाहा हुन्छ ।

नेपालको चुच्चे नक्सादेखि महाकालीमा जयसिंह धामीलाई मारेको सम्मका सवालले भारतको जनस्तरमै विरोध भइरहेको छ । यही सम्बन्धलाई सामान्यीकरण गर्न भारतका प्रम नरेन्द्र मोदी छिटै नेपाल आउने भएका छन् । अर्थात देउवाले मोदीलाई नेपाल भ्रमण गराउन सफलता हासिल गरेछन् ।

भाजपाका नेताहरु धेरैपल्ट नेपाल आए । प्रम पत्नी आरजुसँग राखी बधाउने काम पनि भाजपा नेताले गरेका थिए । देउवा सरकार र नेपाली कांग्रेसले महाकालीको तुइन काटेर जयसिंहलाई मारेका मात्र होइन, ४ वर्षअघि कञ्चनपुरमा गोविन्द गौतमलाई भारतीय सशस्त्रले मार्दा पनि कांग्रेसले प्रश्न उठाएन ।

अर्थात कांग्रेस भाजपासँग नजिकिन चाहन्छ । भारतले चुच्चे नक्सा अथवा सीमा अतिक्रमणमा पनि प्रश्न उठाउन चाहदैन । यसकारण कांग्रेस नेतृत्वको सरकार भाजपा निकट पुगेको हुनसक्ने आँकलन गरिएको छ ।

देउवासँग भारत सरकार प्रसन्न छ भन्ने संकेतका रुपमा मोदी नेपाल आउन लागेको बुझ्न सकिन्छ । प्रश्न यत्ति छ कि नेपालका राष्ट्रिय मामिलामा मौन बसेर नेपाली कांग्रेसले जनताको अपेक्षा र आवाजलाई कसरी संवोधन गर्न सक्ला र ?

चुनाव त २०७४ मा पनि भएको हो, सत्तामै बसेर लडेको हो कांग्रेस । तर २ सय ७५ मा जम्मा ६३ सिट मात्र जितेको कांग्रेस योभन्दा पनि पातलिने त होइन ?

 

footer