सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देउवा भारत जाने तर मोदी पहिले नेपाल आउने

494
shares

 

काठमाडौं । स्कटलेण्डमा भेटवार्तापछि प्रम शेरबहादुर देउवा अरु हौसिएका छन् । प्रम देउवा भारत जाने निधो भइसकेको छ । तर देउवाभन्दा मोदी ३ कदम अघि छन्, उनले बिग्रिएको सम्बन्ध सुधार्न देउवा भारत जानुअघि नै नेपाल आउने तयारी सुरु भएको भारतीय दूतावासको होमवर्कबाट थाहा हुन्छ ।

नेपालको चुच्चे नक्सादेखि महाकालीमा जयसिंह धामीलाई मारेको सम्मका सवालले भारतको जनस्तरमै विरोध भइरहेको छ । यही सम्बन्धलाई सामान्यीकरण गर्न भारतका प्रम नरेन्द्र मोदी छिटै नेपाल आउने भएका छन् । अर्थात देउवाले मोदीलाई नेपाल भ्रमण गराउन सफलता हासिल गरेछन् ।

भाजपाका नेताहरु धेरैपल्ट नेपाल आए । प्रम पत्नी आरजुसँग राखी बधाउने काम पनि भाजपा नेताले गरेका थिए । देउवा सरकार र नेपाली कांग्रेसले महाकालीको तुइन काटेर जयसिंहलाई मारेका मात्र होइन, ४ वर्षअघि कञ्चनपुरमा गोविन्द गौतमलाई भारतीय सशस्त्रले मार्दा पनि कांग्रेसले प्रश्न उठाएन ।

अर्थात कांग्रेस भाजपासँग नजिकिन चाहन्छ । भारतले चुच्चे नक्सा अथवा सीमा अतिक्रमणमा पनि प्रश्न उठाउन चाहदैन । यसकारण कांग्रेस नेतृत्वको सरकार भाजपा निकट पुगेको हुनसक्ने आँकलन गरिएको छ ।

देउवासँग भारत सरकार प्रसन्न छ भन्ने संकेतका रुपमा मोदी नेपाल आउन लागेको बुझ्न सकिन्छ । प्रश्न यत्ति छ कि नेपालका राष्ट्रिय मामिलामा मौन बसेर नेपाली कांग्रेसले जनताको अपेक्षा र आवाजलाई कसरी संवोधन गर्न सक्ला र ?

चुनाव त २०७४ मा पनि भएको हो, सत्तामै बसेर लडेको हो कांग्रेस । तर २ सय ७५ मा जम्मा ६३ सिट मात्र जितेको कांग्रेस योभन्दा पनि पातलिने त होइन ?

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports