kumari
stcnepal

भारतमा विधानसभा निर्वाचनमा भाजपाले ४ प्रदेश मध्येका ३ मा बिजय हासिल, काग्रेसको भागमा १ प्रदेश

काठमाडौं । भारतको विधानसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाले तीन प्रदेशमा जित हासिल गरेको छ । भारतीय निर्वाचन आयोगका अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा विजयी भएको हो । मध्य प्रदेशमा कुल २ सय ३० सिटमध्ये भाजपाले १ सय ६३ सिट जितेको छ । कंग्रेस आईले भने ६५ सिट मात्र जितेको छ ।

त्यसैगरी राजस्थानमा कुल १ सय ९९ सिटमध्ये भाजपाले १ सय १५ र कंग्रेस आईले ६९ सिट जितेको छ । छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५७ र कंग्रेस आईले ३२ सिट जितेको छ । यो मत परिणामले कंग्रेस आईलाई भने नराम्रो धक्का लागेको छ । सन् २०१८ मा भएको निर्वाचनमा यी तीन वटै क्षेत्रमा कंग्रेस आइले जित हासिल गरेको थियो । तेलंगना राज्यमा भने कंग्रेस आईले जित हासिल गरेको छ ।

तेलंगनामा कंग्रेस आईले भारत राष्ट्र समिति बिआरएसको दस वर्षे सत्ता अन्त्य गरेको हो । तेलंगनामा कुल १ सय १९ सिटमध्ये कंग्रेस आईले ६४ र बिआरएसले ३९ र भाजपाले ८ सिट मात्र जितेको छ । भारतमा आगामी वर्ष लोकसभा निर्वाचन हुँदैछ । विधानसभा निर्वाचनको परिणामले सत्तारुढ दल बिजेपीको लोकसभामा बलियो पकड देखाएको छ । साथै सन् २०२४ को निर्वाचनमा बिजेपीले बहुमत सहित तेस्रोपटक सरकार बनाउने सम्भावना बलियो रहेको विश्लेषकहरुले बताएका छन् ।

footer