kumari
stcnepal

अध्यादेश मार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न माग सहित दर्ता भएको रिट फेरि पनि हेर्न नभ्याइनेमा

काठमाडौँ । अध्यादेश मार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न माग सहित दर्ता भएको रिट फेरि पनि हेर्न नभ्याइनेमा परेको छ । बुधबारसहित यो मुद्दामा लगातार तीनपटक हेर्न नभ्याइनेमा परेको हो ।

२०७७ मङ्सिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइका लागि बुधबार पेसी तोकिएको थियो । तर बुधबार पनि यस मुद्दा हेर्न नभ्याइनेमा परेपछि यस मुद्दामा लगातार तीन पटक र हालसम्म ६ पटक हेर्न नभ्याइनेमा परेको हो ।

बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुस्मालता माथेमा र कुमार रेग्मीको इजलासमा उक्त रिटको पेसी तोकिएको थियो । अगाडि अन्य मुद्दाको पेसी रहेको र अगाडिको मुद्दामा सुनुवाइ हुँदा यस रिटको पालो नआएकाले हेर्न नभ्याइनेमा परेको हो ।

footer