kumari
stcnepal

विभिन्न देशका राजनितिक दलहरुलाई एमालेले पठायो निम्तो

काठमाडौं नेकपा एमालेले आफ्नो महाधिवेशनमा छिमेकी देशसहित विभिन्न देशका ६२ वटा राजनीतिक दलहरूलाई निम्तो पठाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने दसौँ राष्ट्रिय महाधिवेशनमा भारत चीन लगायत विभिन्न देशका ६२ वटा राजनीतिक दललाई अतिथिका रूपमा निम्तो पठाएको एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार पार्टीको महाधिवेशनमा विदेशी अतिथि बोलाउने परम्परा अनुसार नै विभिन्न देशका राजनीतिक दलहरूलाई निम्तो पठाइएको हो । ‘हामीले छिमेकी मुलुकसहित ६२ वटा राजनीतिक दलका विशिष्ट अतिथिहरूलाई निम्तो पठाएका छौ’, श्रेष्ठले भने, ‘हाम्रो निम्तो स्वीकार गरेर कनफरमेसन कतिको आउँछ त्यसपछि मात्रै कुन कुन देशबाट अतिथिहरू आउनुहुन्छ वा आउनुहुन्न भन्ने टुङ्गो लाग्छ ।’

 

footer