सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विभिन्न देशका राजनितिक दलहरुलाई एमालेले पठायो निम्तो

455
shares

काठमाडौं नेकपा एमालेले आफ्नो महाधिवेशनमा छिमेकी देशसहित विभिन्न देशका ६२ वटा राजनीतिक दलहरूलाई निम्तो पठाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने दसौँ राष्ट्रिय महाधिवेशनमा भारत चीन लगायत विभिन्न देशका ६२ वटा राजनीतिक दललाई अतिथिका रूपमा निम्तो पठाएको एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार पार्टीको महाधिवेशनमा विदेशी अतिथि बोलाउने परम्परा अनुसार नै विभिन्न देशका राजनीतिक दलहरूलाई निम्तो पठाइएको हो । ‘हामीले छिमेकी मुलुकसहित ६२ वटा राजनीतिक दलका विशिष्ट अतिथिहरूलाई निम्तो पठाएका छौ’, श्रेष्ठले भने, ‘हाम्रो निम्तो स्वीकार गरेर कनफरमेसन कतिको आउँछ त्यसपछि मात्रै कुन कुन देशबाट अतिथिहरू आउनुहुन्छ वा आउनुहुन्न भन्ने टुङ्गो लाग्छ ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports