विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मुलुकमाराहरुको भार, सकियो राष्ट्रको सार

559
shares

 

राजन कार्की
हरेक नेता व्यभिचारी छन् । हरेक कुरा बिकाउ छ, हरेक पद बिक्रीमा छ । पैसा भएपछि जे पनि सम्भव भएको देश बन्यो नेपाल ।
अमेरिकामा अस्लिल साहित्यको वार्षिक कारोवार ४ हजार करोड डलरभन्दा बढी हुनेगर्छ । नेपालमा सेटिङ भ्रष्टाचार र अपराधिकरण ४० अर्व बराबरको हुने गरेको छ । ५४ अर्वको गाडी र अवकाशपछि विशिष्टहरुलाई गरीव जनताले तिरेको करले पाल्नुपर्ने अवस्था छ । राजस्व बालुवामा पानीहालेजसरी खर्चिनुपर्ने । कसैमा नैतिकता नै बाँकी रहेन । कसैलाई लज्जावोध पनि हुँदैन । यो देशमा समृद्धि र सुशासन, समृद्ध नेपाल सुखी नेपालीजस्ता लोकप्रिय नारा लगाउँदै पहिले केपी ओली, अहिले १० दलीय सरकार शासनमा छ । कर्मचारीतन्त्र राजनीतिज्ञहरुसँगको मिलेमतोमा भ्रष्टाचारको आशनमा छ । दोस्रो आवधि चुनावको वर्षदिन बित्यो, भ्रष्टाचार नाली जसरी गनाइरहेको छ । चुस्त हुनुपर्ने शासन सुस्तमात्र छैन, चरीत्रहीन पनि छ । सुध्रिन नसकेको शासक र प्रशासकका कारण यो सरकार विधिबिहीन, अपराधमुखी र भ्रष्टाचारको फोहर पोखरीमा आहाल बस्ने भैंसी संस्कृतिको विकास गरिरहेको छ ।
यतिबेला भ्रष्टाचारको फाइल खोल्ने र बन्द गर्ने, अपराधीलाई थुन्ने, छोड्ने र माफी दिने हदसम्मको कुकर्ममा सरकार अगाडि बढेको छ । जतिसुकै भ्रष्टाचारमा डामिए पनि न छानबिन हुन्छ, न नैतिकता नै देखाउँछन् । प्रजातन्त्रवादी र जनवादी मिलेका छन् । एउटै घरमा, एउटै थाल भान्सामा रमाइरहेका छन् । न नीति छ, न सिद्धान्त । नैतिकता पनि छैन । एकले अर्कोलाई आलोचना गरिरहेका छन्, फेरि काँधमा काँध पनि मिलाइरहेका छन् । यो मिलन भागशान्ति जयनेपालका लागि हो, देश र जनताको भलोको लागि होइन ।
यथार्थमा राज्यकोषमा कसैले योगदान गरेका छन् भने त्यो आमजनताले नै हो । उद्यमी, व्यापारी त नक्कली भ्याट बिल बनाएर राज्यलाई ठगिरहेका छन्, एनसेलजस्ता विदेशी लगानीकर्ताले समेत राज्यले पाउनै पर्ने लाभकरसमेत छलेर नेपालीको रगत पसिनाको कमाई विदेश लगिरहेका छन् । रुस र युक्रेन दुबैतिरबाट लड्न युवा पुगेका छन् । केही पैसा कमाएर ल्याउँला, परिवार पालौंला भनेर युवा मरिरहेका छन् । राजनीति र प्रशासनयन्त्र लोकतन्त्रलाई लुटतन्त्र बनाइरहेका छन् ।
यसकारण भन्न सकिन्छ, एच जी वेल्सले लेखेको द वल्र्ड सेट फ्री नामक पुस्तकमा परमाणु बमको नाम उल्लेख गरेका थिए, त्यही नामबाटपछि खतरनाक परमाणु बम निर्माण गरियो । नेपालमा बहुदल, लोकतन्त्र नामक ऐतिहासिक आन्दोलन भए, तर आन्दोलनबाट प्राप्त परिवर्तनलाई नेताहरुले यतिबिघ्न घृणायोग्य बनाइदिए कि नेपाल असफल मुलुक हुने खतरा उत्पन्न भएको छ । यही गति रहने हो भने नेपालमा धार्मिक बिद्रोह, बिध्वंशको डढेलो नलाग्ला भन्न सकिन्न । लोकतन्त्र लुटतन्त्रको परमाणु बमजस्तै बिध्वंशक बन्दैछ ।
सर्वहारावादी र खाँटी कम्युनिष्टहरु पशुपतिदेखि भारतका धाम धाम चहारेर गेरुबस्त्र भिर्छन् । जनताका सामु नास्तिक मुख देखाउँछन्, उक्साउँछन् । नेकपा र धर्मनिरपेक्षताको योभन्दा नाङ्गो राजनीति अरु के हुनसक्छ ? लोकतन्त्रका नाममा जे भइरहेको छ, नौटङ्की बढी भइरहेको छ ।
स्वार्थसिद्धि हुन्छ भने नेपालका नेताहरु जति पनि, जहाँ पनि झुक्न तैयार हुन्छन् । मौसम अनुसारको ट्यूनिक लगाउन नेतृत्व तह खप्पीस बनेका छन् ।
नेपालको चुच्चे नक्साका लागि संसदमा एकमत भयो । जब कालापानीसहितको यो चुच्चे नक्सा भारतले खाइदियो, संसदको एकता कहाँ छ, कसैलाई थाहा छैन । कोही अतिक्रमणकारी भारतका विरुद्ध चुँइक्क बोल्दैनन् । मानौं, भारत माईबाप हो, हाम्रा नेताहरु भारतका तलवी कार्यकर्ता । यिनै नेताहरु जनताका सामु राष्ट्रियता, स्वाभिमान र लोकतन्त्रको डिङ हाँक्छन् ।
जनबिरोधी, देशविरोधी, संविधानविरोधी, परम्परा बिरोधी विदेशी प्यादका रुपमा देखा परेका छन् । एकपल्ट फेरि परिवर्तनका बाहकहरु भ्रष्टाचार र देशघातक हतियार प्रमाणित हुनपुगेका छन् ।
फिजीले गर्न नदिएको इसाईको धर्मप्रचार जोडतोडका साथ नेपालमा भइरहेको छ । धर्मनिरपेक्षता आएको र ल्याएकै यिनले हो ।यी नेतामा जनविश्वास सकियो भन्दा हुन्छ । जनविश्वास गुमेपछि कसरी नेपाल समृद्ध बन्छ ? अधिनायकवादी बनेपछि कसरी नेपाल सुशासनयुक्त हुन्छ ?
गरीवी र बेरोजगारी बढ्दो छ, अव के गर्ने कसरी अघि बढ्ने मार्गचित्र केही पनि छैन । श्री ३ को फर्मान जसरी शासन चलाउन थालिएको छ । विचारमा, सिद्धान्तमा, योजनामा, करनी र कथनी सबैतिर अस्पष्टता छ । प्रशासन नेतातन्त्रको अन्यौलमा फसेको छ । अर्थतन्त्र कमिशनमुखी छ, जसका कारण उत्पादन शँन्यतातिर झर्दो छ । पुरानोभन्दा पनि गैबार ढर्रा ढाँचाले मुलुक बन्दैन, बिग्रन्छ मात्र । दिनदिनै बिग्रिरहेको छ । नेकपा दम्भमा छ, सरकार साझा हो, जनताप्रति जवाफदेही छ भन्ने देखाउन सकेको छैन । अमँर्त भाषण ज्यादा भए, मँर्त काम केही पनि हुनसकेन । आधा भाँडो पानी बढी छचल्किन्छ भन्ने उखान र यो सरकार, यी नेताहरु ठ्याक्कै मेल खान्छ ।
मूल कुरो सुरक्षा छैन । जब नागरिकले राज्यबाट पाउनैपर्ने प्राथमिक सुरक्षा पाउन सकेका छैनन्, अन्य सुरक्षाको झ्याली पिटेर के गर्ने ? एउटी निर्मला पन्तको बलात्कार र हत्यारा पत्ता लगाउनु साटो न्यायको माँगकर्ताहरुमाथि दमनमा उत्रने सरकारले सुरक्षा र कानुनी राजको कुरा गर्नु दुर्भाग्यपूर्ण छ । यो सरकार विधिको शासनमा गुणात्मक सुधार ल्याउन चाहदैन भन्ने प्रमाणित भइसक्यो । ज्यानमारा रिगल र रेशम चौधरीभन्दा थप प्रमाण खोजिरहनु पर्छ र ?
यो सरकार भनेको पनि उही कानै चिरिएको जोगीजस्तो हो । भ्रष्टाचार, कमिशन, अनियमितता, ढिलासुस्ती, पार्टीकरण, आफन्तबादको ज्वलन्त नमूना बनेको छ । अपराधीलाई संरक्षण दिन यो सरकार सधैं तमतैयार रहनु र जातीय तथा धार्मिक बिभेद र हिंसा भड्काउने काममा अग्रसर हुनुले ओली सरकार रक्तपातको सिर्जनाकार हुन थालेको संशय जो कसैले गर्नसक्छ । संघीयता त लागू भयो, सिंहदरवार गाउँपालिकासम्म पुग्यो । पुग्नुपर्ने जवाफदेहीपँर्ण विकेन्द्रीकरण थियो, पुग्यो भ्रष्टाचार कमिशनमुखी सिंहदरवार । सेवाग्राही जनता पाउनै पर्ने सेवा लिनबाट बन्चित छन्, भ्रष्टाचार बेहोर्न बाध्य छन् । देशमा भ्रष्टाचारीको रजगज छ ।
आइएनजीओ संसददेखि सर्वोच्च अदालतसम्म घुस्यो । मुख्यमन्त्रीहरुको दरवारको रखवाली नै आइएनजीओले गरिरहेको छ । संघीयता चलाउन र राजनीतिक कार्यकर्तारुपी पसले पाल्न जनता करमाथि थप कर तिर्न बाध्य छन् । कर देश विकासका लागि तिर्नुपर्ने हो, नेता विकासको मलका रुपमा करको प्रयोग भइरहेको छ । संविधान भद्रगोलको भूमरीमा देशलाई फनफनी घुमाउने यन्त्र बन्न पुगेको छ । हामी संवैधानिक शासन खोजिरहदा संविधानले संवोधन गर्न सकेन । निर्वाचित सरकार अपराध र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतामा हुनुपर्ने, यो त अपराध र भ्रष्टाचार गर्ने, अपराधी पाल्ने र ज्यानमारालाई खुलेआम होसला दिने साबित भइसक्यो । राजनीति व्यापार बनेपछि मुनाफाखोरहरु छनकमनक गरिरहेका छन् । नैतिकता, सक्षमता र इमान केहीले काम गरेको छैन । जता हेरे पनि बेइमानीमात्र देखिन्छ । नेताहरुले राष्ट्र भनेर माखो पनि मारेनन् । कानुन मिच्नु यो शासनको विशेषता हो, जसले गर्दा देश बनेन, नागरिक दुःखित पीडित हुन बाध्य छन् । पद्धति असफल भयो ।
नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहासका लेखक गृष्मबहादुर देवकोटाले देह त्याग गर्नुअघि लेखेका थिए– पत्रकार पेसाप्रति इमानदारी हुन सकेन, जसका कारण व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका पंगु हुनपुग्यो । स्थिति आज पनि त्यस्तै छ । पत्रकारिता पार्टी र नेताको पर्चाकारितामा सिमित छ । जो देशभक्त छन्, तिनको लेखनको सुनवाई नै हुँदैन ।
एकथरि मिसन पत्रकार विकार, विकृति र बिसंगति लेख्छ, त्यसलाई अर्काथरि ठूला व्यवसायिक पत्रकार ढाकछोप गरिदिन्छ । धोका जसले दिए पनि मुलुक र मुलुकबासीले धोका पाइरहेका छन् । अधिकांश जनता होमोग्लोविन कम भएर टाक्सिदै र फुङ्ग उडेको अनुहार लिएर जसोतसो बाँचिरहेका छन्, केही व्यक्ति सुँगुर मोटाएजसरी मोटाउँदै गएका छन् । देश यसैगरी टाक्सिदै मृत्यु उन्मुख हुँदै जाँदो छ । अस्तित्व संकटमा परिसकेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports