kumari
stcnepal

संसदीय छानबिन समिति कांग्रेसको बटमलाइन

काठमाडौँ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति कांग्रेसको बटमलाइन भएकाले त्यसबाट पछि नहट्ने दलको बैठकले निर्णय गरेको जानकारी दिएका छन् । ‘रवि लामिछानेबारे संसदीय छानबिन समितिको मागबारे औचित्य पुष्टि भइसकेको छ ।

अब यो माग कांग्रेसको मात्र नभएर नेपाली जनताकै भएको छ’, लेखकले भने, ‘यदि सरकार विपक्षको मागलाई सम्बोधन गर्न तयार भएन भने सदनका बैठक प्रभावित भएमा त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने निर्णय गरेको छ ।’

नेता लेखकले आजको बैठकमा आफूहरू कुरा राख्ने र त्यसपछि संसद्‌मा को को बोल्न माग गर्छन् सोही अनुसार अघि बढ्ने बताए । ‘हामी आफ्ना कुरा राख्छौ । त्यसपछि को–को बोल्छन् त्यसका आधारमा अघि बढ्छौ’, लेखकको भनाई छ ।

footer