kumari
stcnepal

नेपाल रेडक्रस सोसाईटीको महाधिवेशनका क्रममा दुईपक्षको विवाद

काठमाडौं – नेपाल रेडक्रस सोसाईटीका महाधिवेशनका क्रममा दुईपक्षबीच विवाद भएको छ । काठमाडौंको बबरमहलस्थीत कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा दुईपक्षबीच विवाद भएपछि महाधिवेशन नै स्थगीत भएको छ ।

१६ जिल्लाको कार्यसमिति विघटन गरेपछि असन्तुष्ट रहेका समूहले बिरोध जनाएका थिए । विवादका क्रममा तोडफोड हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केहिलाई प्रहरीले पक्राउ गरेको छ ।

रेडक्रस सोसाईटी काठमाडौं अन्तर्गत गणबहाल उपशाखाका सभापति अमृतराज मानन्धरले रेडक्रसभित्र राजनीति हावी भएका कारण नै विवाद देखिएको बताए । सात प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्ला शाखा कार्यालय, स्थानीय तहमा १,५५४ उपशाखा कार्यालयहरु र ६,५३८ जुनियर तथा युवा सर्कलहरूको सांगठनिक स्वरूपबाट रेडक्रस क्रियाशील छ ।

footer