kumari
stcnepal

जिप दुर्घटना हुँदा एकै परिवारका ५ जनाको निधन एक घाइते

थानकोटबाट चित्लाङ जाँदै गरेको एउटा जिप दुर्घटनामा पाँच जनाको निधन भएको छ । उक्त घटनामा एक जना घाइते भएको बताइएको छ ।

आज दिउँसो थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा भएको दुर्घटनामा उक्त मानवीय क्षति भएको हो । बा.प्र–०१–०२३ च ६९८५ नम्बरको जिप चन्द्रागिरी ४ हिमचुलीमा सडकबाट पाँच सय मिटर तल खसेको छ ।

गाडीमा सवार छ जना मध्ये चार जनाको घटनास्थलमा र एक जनाको अस्पतालमा निधन भएको हो । काठमाडौँ मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उनकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, उनीहरुका ज्वाईं काठमाडौँ – २ का डा. महेशकुमार गौतम, उनका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियन्सको मृत्यु भएको हो । चालक डा महेशकुमारकी पत्नी सृष्टि तिवारी गौतम घाइते छिन् ।

footer