linktrix Long Ad
Salt Trading Long Ad

सभामुख देवराज घिमिरेको भूमिकाप्रति प्रमुख प्रतिपक्षी दल कांग्रेस सहित पाँच वटा विपक्षी दलको आपत्ति

611
shares

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भूमिकाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित पाँच वटा विपक्षी दलले आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभा भएको नाराबाजीका बिच सभामुखले नियमावलीको धज्जी उडाउने गरी बैठक सञ्चालन गरेको विपक्षी दलको ठहर गरेको हो । सभामुखको यस्तो कार्य एमालेको कार्यकर्ताको जस्तो देखिएको संसद भवन नयाँ बानेश्वरमा केहीबेरअघि सम्पन्न बैठकपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

बैठकले सहकारी ठगीको बारेमा छानबिन समिति नबनेसम्म संसदभित्रको लडाइ जारी राख्ने निर्णय गरेको छ। यस्तै सरकारले संसद् बन्द गरे विपक्षी दल सडकमा पनि मिलेर जानेबारेमा आवश्यक निर्णय भएको शाहीले जानकारी दिए । प्रतिपक्षी दलको अवरोधका बिच प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports