kumari
stcnepal

भारतले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ९७ रन बनायो

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको आफ्नो दोस्रो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतलाई हराउन दुई सय ९८ रन बनाउनुपर्ने भएको छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ९७ रन बनाएको हो । चौथो र पाँचौँ नम्बरका ब्याट्सम्यानले उत्कृष्ट शतकीय पाली खेलेपछि भारतले विशाल योगफल तयार पारेको हो । पाँचौँ नम्बरका ब्याट्सम्यान सचिन दासले एक सय १६ रन बनाए । उनले केवल एक सय एक बलको सामना गरी तीन छक्का र ११ चौका हिर्काए ।

footer