kumari
stcnepal

विश्व बैंकले आगामी जुन तेस्रो सातामा नेपालमा सम्मेलनको आयोजना गर्ने

काठमाडौँ । विश्व बैंकले आगामी जुन तेस्रो सातामा (असार) नेपालमा सम्मेलनको आयोजना गर्ने भएको छ । विश्व बैंकको सहुलित दरमा ऋण दिने संस्था (आईडी) को सम्मेलन आगामी जुनमा नेपालमा आयोजना हुने लागेको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका हुन् ।

यो सम्मेलनमा विश्वभरका ९२ वटा देशका प्रतिनिधि नेपाल आउने अर्थमन्त्री डा.महतले बताए । उनले भने, ‘सम्मेलनमा विश्व बैंकका अध्यक्ष सहित विश्वभरका ९२ वटा देशका प्रतिनिधि नेपाल आउँछन् ।’ यो सम्मेलन नेपालमा आयोजना गर्नका लागि नेपाल सरकारले विश्व बैंकलाई पत्र लेखेको थियो ।

नेपालको पत्र पाएसँगै सुरुमा सैद्धान्तिक सहमति जनाए पनि पत्रको जवाफ नै आइसकेको अर्थमन्त्री डा.महतले बताए । अर्थमन्त्री महतले यो तहको उच्चस्तरीय भेला अहिलेसम्म नेपालमा आयोजना नभएको बताए । ‘यो पहिलो त्यस्तो भेला हुनेछ,’ उनले भने, ‘जसमा विश्व बैंकका अध्यक्षसहित विश्वभरका ९२ वटा मुलुकका प्रतिनिधि नेपालमा आउनेछन् ।’ यो सम्मेलन आयोजना भएपछि नेपालमा लगानीको बाटो अन्तर्राष्ट्रियरुपमा खुल्ने अर्थमन्त्री महतको भनाई छ ।

footer