kumari
stcnepal

नेपालले आज कुवेतको सामना गर्दै

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलका खेल आज हुदैँछन् । जसअनुसार क्वाटर फाइनल खेलमा नेपालले आज कुवेतको सामना गर्दै छ ।

मलेसियाको वाईएसडी ओभल मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजेदेखि सुरु हुने छ । नेपाल समूह चरणमा अपराजित रहँदै समूह विजेता हुँदै क्वाटरफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा हङकङ र भुटानलाई ८–८ विकेटले र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले पराजित गरेको थियो । त्यसैगरी समूह चरणमा कुवेतले सिंगापुरलाई १० विकेटले र म्यान्मारलाई २७ रनले पराजित गरेको थियो भने थाइल्याण्डसँग ९६ रनले हार बेहोरेको थियो ।

आजै अन्य क्वाटरफाइनलमा बिहान ११ः१५ बजे मलेसिया र जापान खेल्दै छन् भने बिहान ७ः१५ बजे हङकङ र थाइल्याण्ड तथा इन्डोनेसिया र युएई खेल्दै छन् ।१६ देशले भाग लिएको महिला प्रिमियर कपमा नेपालसहित ८ देश थाइल्याण्ड, कुवेत, युएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ क्वाटरफाइनलमा पुगेका छन् । त्यसै गरी म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

footer