kumari
stcnepal

आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गर्यो

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको छ । नामिबयाले प्रस्तुत गरेको १ सय २४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो ।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ८१ बलमा ८ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, म्याक्स ओ डाओडले २८ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए । बास डी लिडेले २१ रन बनाए । यसअघि आर्यन दत्तले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नामिबिया ३५.१ ओभरमा १ सय २३ रन बनाउँदै अलआउट हुन पुगेको थियो । दत्तले ९ ओभर बलिङ गर्दै ३४ रन खर्चेर ६ विकेट लिए ।

footer