kumari
stcnepal

नेपाल एले क्यानडा–११ लाई दुई विकेटले हरायो

काठमाडौँ । नेपालको ‘ए’ टोलीले मंगलबार खेलिएको दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगितामा क्यानडा–११ लाई दुई विकेटले हराएको छ । जितसँगै नेपाल ‘ए’ ले तीन खेलको शृङ्खलालाई १–१ को बराबरीमा ल्याएको छ । पहिलो खेलमा क्यानडा–११ चार विकेटले विजयी भएको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल बिहीबार खेलिने छ ।

काठमाडौँ स्थित मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडा–११ ले ४९.५ ओभरमा अलआउट हुनुअघि दुई सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपाल ‘ए’ ले ४९.१ ओभरमा आठ विकेट गुमाएर विजय लक्ष्य पुरा ग¥यो । नेपाल ‘ए’ का लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । कप्तान सन्दीप जोराले उत्कृष्ट अर्ध शतक बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका सन्दीपले ६६ रन बनाए । उनले ७४ बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काएका थिए ।

footer