kumari
stcnepal

आज क्यानडा र नेपाल ए टीम बीच निर्णायक खेल हुने

काठमाडौं । क्यानडा र नेपाल ‘ए’ टीम बिचको ३ खेलको एकदिवसीय सिरिजको अन्तिम खेल आज हुँदै छ । उक्त खेल मुलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

यो खेल सिरिजको निर्णायक खेल हो । १-१ को बराबरी रहेको सिरिजमा यो खेलको विजेताले सिरिज जित्नेछ । पहिलो खेलमा क्यानडा सँग ४ विकेटले पराजित भएको नेपाल ‘ए’ टीमले दोस्रो खेलमा क्यानडालाई २ विकेटले पराजित गरेको थियो ।

 

footer