kumari
stcnepal

नेदरल्यान्ड्स माथि नेपालको ६ विकेटको सहज जीत

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले नेदरल्यान्ड्स माथि ६ विकेटको सहज जीत हासिल गरेको छ ।

शृङ्खलामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि नेपालले सुरुवाती दुई खेलमा पराजय बेहोरेको थियो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले ३४ बलमा ३ चौका र १ छक्का हिर्काए ।

footer