kumari
stcnepal

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्ने

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको फाइनलमा खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ ।

आइतबार भएको नेदरल्यान्ड्स र नामिबिया विरुद्धको खेल वर्षाले विथोलिएपछि फाइनलको समीकरण तय भएको हो ।१५ ओभरमा नामिबियाले ४ विकेटको क्षतिमा ९८ रन बनाएपछि वर्षा सुरु भएको थियो । त्यसपछि खेल सम्भव नभएपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका हुन् ।

४ खेलपछि नेदरल्यान्ड्स ५ अङ्क सहित शीर्ष स्थानमा रह्यो । नेपाल ४ अङ्क सहित दोस्रो स्थानमा छ । नामिबिया ३ अङ्कसहित तेस्रो स्थानमा सीमित बन्यो ।अब फाइनल खेल मंगलबार त्रिभुवन विश्वविद्यालयको मैदानमा खेलिनेछ ।

footer